एसईई उत्तीर्ण शान्ताको कानुन वा राजनीतिशास्त्र पढ्ने धोको (भिडियो)

कमलरी जिन्दगी बिताएर कमलरी प्रथाबिरुद्ध संघर्ष गर्दागर्दै संविधानसभा सदस्यमा तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी शान्ता चौधरी अनपढ भएकै कारण धेरै अपमानित हुनुपर्यो ।

सभासद भएपछि अक्षर चिन्न थालेकी उनले लेखपढ गर्न जानिन र अहिले औपचारिक शिक्षा आरम्भ गरी एसईई उत्तीर्ण गरिन् ।

आफू विद्यालय तको फलामे ढोका पार गरेपछि उनमा खुसीको सीमा छैन । राजनीतिमा अघि बढ्ने शान्ताका लागि कानुन वा राजनीतिशास्त्र रुचीको विषय छ । शान्ताको यो सफलताले पढ्नलाई उमेरले नछेक्ने एउटा गतिलो उदाहरण दिएको छ । शान्ताले आफ्नी छोरीसंगै एसईई परीक्षा उत्तीर्ण गरिन ।

बिहीवार सार्वजनिक भएको नतिजा अनुसार उनले २.६५ जीपीए ल्याउँदै बी ग्रेड पाएकी हुन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरी बीणु चौधरीले २.८५ जीपीए ल्याउँदै बी प्लस ग्रेड ल्याएकी हुन् ।

हामीसंगको कुराकानीमा शान्ता र उनकी छोरी बीणु निकै खुशी व्यक्त गरेका छन् । शान्ता भने अब कानून विषय पढ्ने कि राजनितिक विज्ञान पढ्ने द्विविधामा छिन् भने उनकी छोरी नर्सिङ पढ्ने बताउछिन् ।

हेर्नुहोस् शान्ताको भावी योजना यो भिडियोमा-