विपद् सम्बन्धी पूर्वसूचना, नेपाल टेलीकमले एसएमएसबाट दिने

नेपाल टेलिकमनेपाल टेलिकमले विपदको जोखिममा रहेका क्षेत्रमा एसएमएसमार्फत आफ्ना सेवाग्राहीलाई विपदसम्बन्धी पूर्वसूचना दिने भएको छ ।

बिहीबार नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबिच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल मार्फत एसएमएस प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्रहिमाली क्षेत्रका सेवाग्राहीको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना निःशुल्क पठाउने व्यवस्था मिलाइने छ ।

सम्झौता कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले विपदको पूर्व जानकारी गराई क्षति न्यूनिकरण गर्न मौसम विज्ञान विभागसँग सहकार्य गरेको बताउनुभयो ।

यो पनि हेर्नुहोस्:– नेपाल टेलिकमले ल्यायो ९० रुपैयाँमा अनलिमिटेड प्याकेज