काठमाडौं प्रहरी प्रमुखमा एसएसपी धानुक

भर्खरै ‘एसएसपी’मा बढुवा भएका रविन्द्र धानुकले बुधबारदेखि काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् । गत साउन ३१ गते एसपीबाट एसएसपीमा बढुवा भएका धानुकलाई गृहमन्त्री जनार्दन शर्माको चाहनामा काठमाडौं ल्याइएको बताइन्छ ।

बुधवार काठमाडौं प्रहरीको जिम्मेवारी सम्हाल्दै एसएसपी धानुकले भने, “काठमाडौं प्रहरी प्रमुख हुनुमा अवसर र चुनौती दुवै छन् । चुनौतीलाई अवसर ठानेर काम गर्ने छु, राजधानीबासीलाई महसुस हुनेगरी शान्ति सुरक्षा कायम गर्ने छु ।”

त्यस्तै महानगरीय अपराध महाशाखाको जिम्मेवारी एसएसपी दिपेश लोहनीले सम्हालेका छन् ।