एसएसबीले गोली नचलाएको भारतीय दूतावासको दावी

कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को तर्फबाट कुनै फायरीङ नभएको भारतीय दूतावासले जनाएको छ । काठमाडौं स्थित भारतीय दूतावासले बिहिबार एक विज्ञप्ति निकालेर आफ्नो तर्फबाट कञ्चनपुरको पुनर्वासमा कुनै फायरीङ नभएको दाबी गरेको हो ।

दूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय सञ्चार माध्ययमले बताए जस्तो कञ्चनपुरको आनन्द बजारमा एसएसबीले फायरीङ गरेको छैन ।’ भारतीय क्षेत्रमा पर्ने स्थानीय निकायलाई त्यहाँ जारी विवादलाई तत्काल सुल्झाउन समेत विज्ञप्तिमा उल्लेख छ । यस घटनाको विषयमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।