एसियन कपको उपाधिको लगि जापान र कतार भिड्ने

युएईलाई पराजित गर्दै कतार फाइनलमा

कतार

एसियन कपको उपधिको लगि जापान र कतार भिड्ने भएका छन् । युएईमा जारी प्रतियोगितामा घरेलु टोली युएईलाई पराजित गर्दै कतार एसियन कपको फाइनलमा पुगेको हो ।

मंगलबार युएईको अबुधावी स्टेडियममा भएको खेलमा युएई कतारसंग ४-० ले स्तब्ध हुन पुग्यो । जितसंगै कतारले उपाधि भिडन्त जापानसंग पक्का गरेको छ । एसियन कप फुटबलको पहिलो पटक कतार फाइनलमा प्रवेश गरेको हो। कतारको लागि खेलको २२ औं मिनेटमा बुलिम खुखिले गोल गर्दै कतारलाई १-० को अग्रता दिलाएका थिए। त्यस्तै एल्मोज अलीले खेलको ३७ औं मिनेटमा गोल गर्दै कतारको अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल खाएपछि दबाबमा देखिएको युएईले खेलको ८० औं मिनेटमा तेस्रो गोल खायो। कतारका हसल अल हेदोसले टिमका लागि तेस्रो गोल गरे ।

३-० ले पछि परेको अवस्थामा खेलको अन्त्यतिर युएई १० खेलाडीमा सिमित भयो । ९०औं मिनेटमा कतारका सलिम अल हाजरीलाई युएईंका माेहमद अहमेद स्माइलले फल गरेको रेफ्रीले भिएआरको सहायता लिदै सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । त्यस्तै खेलको इन्ज्युरी समयमा कतारका हमिद स्माइलले गोल गर्दै कतारलाई ४-० को सहज जित दिलाए। स्माइल इन्ज्युरी समयमा बैकल्पिक खेलाडीकाे रूपमा मैदान छिरेका थिए ।

उपाधि भिडन्त आगामी शुक्रबार हुनेछ । जापानले पहिलो सेमिफाइनलमा इरानमाथि ३–० सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

इरानलाई हराउदै जापान एसियन कपको फाइनलमा