एसियन कप छनोट : नेपाल र ताजकिस्तान भिड्दै

सन् २०१९ मा आयोजना हुने एसियन कपको तेस्रो चरणको छनोट खेलमा यतिबेला नेपाल र ताजकिस्तान सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिरहेका छन् ।

समूहको अन्तिम र तेस्रो स्थानमा रहेका यी दुबै टोलीका लागि जीत अति महत्वपूर्ण हुनेछ । जीत निकालेको खण्डमा नेपालको छनोट सम्भावनाा बढ्नेछ भने बराबरीले पनि तेस्रो स्थान कायमै रहनेछ ।

नेपालले कम्तिमा बराबरी खेल्ने र एसियन कपमा छनोटको सम्भावना कायमै राख्ने रणनीतिका साथ मैदानमा उत्रिएको छ ।

ताजिकिस्तानलाई रोक्दै अंक बटुल्ने नेपालको लक्ष्य