एसियन जुनियर नेपाली कराँते टोलीलाई ओकिनावामा भव्य स्वागत

कराँते

१७ औँ एसियन जुनियर कराँते टोलीलाई जापानको ओकिनावामा भव्य स्वागत गरिएको छ।

एक समारोहका बीच गैरआवासीय नेपाली संघ एनआरएनए जापान ओकिनावा क्षेत्रिय समितिले चार खेलाडी र एक प्रशिक्षकलाई स्वागत गरिएको हो। भोली मे ११ तारिकबाट ओकिनावामा सुरु हुन लागेको प्रतियोगिताका लागि सहभागी हुन आएका खेलाडीहरु राजिव पुडासैनी, एस्तर राई, विजय श्रेष्ठ र नवीन रसाईली सहित प्रशिक्षक ध्रुव विक्रम मल्ललाई स्वागत गरिएको हो।

ओकिनावा पुगेका खेलाडीहरुलाई एनआरएनए क्षेत्रीय समिति ओकिवानाका संयोजक लक्ष्मण ओझा, सल्लाहकार संजीव श्रेष्ठ सदस्यहरू खगेन्द्र खत्री, नेहा उप्रेती सहित ओकिनावामा कराँते प्रशिक्षणका लागि तीन महिना अघि अार्इपुगेकी खेलाडी रोजी ओझा लगायतले स्वागत गर्नुभएको थियो।

खेलाडी मध्ये तीन पटक साफ स्वर्ण पदक विजेता रसाईली पुडासैनी, दुई पटक साफ स्वर्ण पदक विजेता पुडासैनी र एक पटक साफ स्वर्ण पदक विजेता रार्इ र श्रेष्ठलार्इ प्रतिस्पर्धाबाट उपाधी जित्न सफलताको शुभकामना व्यक्त गरिएको थियो। पदक जित्न सके नेपाली कराँतेमा नयाँ इतिहास बन्ने छ भने युथ ओलम्पिकको छनोटका लागि वरियता प्राप्त गर्ने खेलका रुपमा एसियामा हुने यो मात्र एक च्याम्पियनसिप समेत रहेकाले पनि यो नेपाल देशको लागि ठूलो अवसर रहेको साे अवसरमा जानकारी गरार्इएकाे थियाे। नेपाली खेलाडीहरुको खेल १२ र १३ तारिकका दिन हुने छ।

एनआरएनए आईसिसि अध्यक्ष भवन भट्टको विशेष आर्थिक सहयोगमा ओकिनावा पुगेका नेपाली खेलाडीहरुले ४५ मुलुकका प्रतिस्तर्धीहरुसंग भिडन्त गर्ने छन्।

१७ औं एशियन कराँते च्याम्पियनसिपमा नेपाली टिम सहभागी