एसियाव्यापी रोबोट प्रतियोगितामा सहभागि हुन नेपाली विद्यार्थीहरु जापान आउदै (भिडियाे)

एसियास्तरको अन्तरकलेज स्तरिय रोबोर्ट प्रतियोगितामा सहभागि हुन नेपाली टोली जापान आउने भएका छन।

आगामी अगष्ट २७ तारिक आईतबारका दिन टोकियोमा हुने प्रतियोगितामा भाग लिन पुल्चोक ईन्जिनियरिङग क्याम्पसका १८ जना विद्यार्थीहरुको समुह जापान आउन लागेका हुन। एबिको रोबोकन २०१७ नामक प्रतियोगिताका लागि नेपाल जापान लगायतका एसियाका १८ मुलुकका १९ समुहले सहभागिता जनाउने कार्यक्रम रहेको छ।

एसिया प्यासिफिक ब्रोर्डकास्टिङग युनियन एबियुले विगत आठ वर्ष देखि आयोजना गर्दै आएको प्रतियोगिता हरेक वर्ष फरकफरक देशले आयोजना गर्दै आएका छन। जापानमा हुने प्रतियोगिता तेश्रो पटक भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागि मुलुकका विद्यार्थीहरुले तयार पारेको उच्च प्रविधि युक्त रोबोर्ट प्रर्दशन गर्ने गरिन्छ।

जापानमा हुनलागेको प्रतियोगितामा जापान सहित चीन, थाइल्याण्ड, भियतनाम, मलेसिया, हङकङ, इरान, काजिकस्तान, इण्डोनेसिया, भारत, नेपाल, बंगलादेश, श्रीलंका, पाकिस्तान, कम्बोडिया, इजिप्ट, रसिया र मंगोलियाबाट इञ्जिनियरिङका विद्यार्थी सहभागि हुने छन ।

भिडियाे: