एसीसी यु १९ एसिया कपमा नेपालको सान्त्वना जित, मलेसिया १ विकेटले पराजित

नेपाल

एसीसी यु १९ एसिया कपमा नेपाल ले सान्त्वना जित आत्मसाथ गरेको छ । भर्खरै सम्पन्न भएको खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ।

श्रीलंकाको नन डीस्क्रीप्ट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको मलेसियाले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । मलेसिया ४४.३ ओभरमा अलआउट हुँदै १५३ रन बनाएको हो ।मलेसियाको लागि भिरन्दीप सिंहले अविजित रहदै ७५ रन बनाएपछि मलेसियाको इनिग्स उकासिएको थियो। त्यस्तै मुहमोद हसिफले २१ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन ।

नेपालले उत्कृष्ट र किफायती बलिंग गरेको कारण मलेसियाका ७ व्याट्सम्यान दोहोरो अंक नजोडी आउट भए । नेपालका लागि आदील खानले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दिपेन्द्र ऐरीको भागमा समान २-२  विकेट रह्यो।

१५४ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ४४ .४ ओभरमा लक्ष्य भेट्टायो । नेपालका लागि अनिल शाहले ३२ रन  बनाए भने अविनाश कर्णले २९ रन्को योगदान दिए । त्यस्तै दिपेन्द्र ऐरीले २२ रन जोड्दा पवन सर्राफले अविजित रहदै २९ रन जोडेपछि  नेपाललाई प्रतियोगिताको पहिलो जित दिलाए ।

मलेसियाका लागि भिरन्दीप सिंहले ३ विकेट लिए । यो जितसंगै नेपालले प्रतियोगितामा सुखद अन्त्य गरेको छ  ।  जारी प्रतियोगितामा श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १ रनको झिनो अन्तरले पराजित भएको थियो भने प्रतियोगिताकै दाबेदार भारतसँग ६ विकेटले हर्दा टोलीले १ सय ७२ रन जोडेको थियो ।

एसीसी यु १९ एसिया कपमा मलेसियाद्वारा नेपाल सामू १५४ रनको लक्ष्य प्रस्तुत