एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई : सिंगापुर ७१ रनले पराजित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । भर्खरै सम्पन्न भएको खेलमा नेपालले सिंगापुरलाई ७१रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाउदै १८३ रन बनायो । नेपालको लागि बिशाल बिक्रम केसीले ६३ रन बनाए भने नारायण जोशीले ४६ रन जोडे ।

सिंगापुरको लागि इशान सव्नीले २ विकेट लिए । १८४ रनको लक्ष्य लिएर मैदान उत्रेको सिंगापुर ३१.५ ओभरमा सबै विकेट गुमाउदै ११२ रनमा समेटियो । उसको लागि साइ हर्ष भेनुगोपालले ३१ र अर्नभ वाध्वाले २१ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपालको लागि सुर्य तामांग र अजय कुमार लोनियाले समान ३-३ विकेट हासिल गरे ।

शनिबार भएको सेमिफाइनल खेलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो भने सिंगापुर हङकङलाई ८ विकेटले हराउदै नेपालसंगको भेट पक्का गरेको थियो ।

समूह चरणका सबै ३ खेल जित्द्दै नेपाल सेमिफाइनलमा पुगेको थियो । नेपालले यसअघी भएको खेलमा गत सोमबार आयोजक थाइल्याण्डलाई १३३ रनले मंगलबार हङकङलाई ४ विकेटले र समूह चरणको अन्तिम खेलमा म्यानमारलाई ३ सय ३७ रनले पराजित गरेको थियो ।

नेपालद्वारा सिंगापुर सामू १८४ रनको लक्ष्य प्रस्तुत