ऐतिहासिक चलचित्र कीर्तिपुरको प्रदर्शनी तयारी

दुई वर्षअघि निर्माण सम्पन्न भएको ऐतिहासिक नेपाली चलचित्र “कीर्तिपुर” द लिजेन्ट अफ कीर्तिलक्ष्मी” प्रदर्शनको तयारीमा पुगेको छ ।

चलचित्र आउँदो सेप्टेम्बर १५ मा राइजिङ नेपाल युथ क्लबको आयोजनामा जापानको राजधानी टोकियोमा प्रदर्शनको तयारी भएको छ ।

तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको हो ।

प्रदीप खड्गीको निर्देशनमा बनेको चलचित्र साहित्यकार बासु पासाद्वारा लिखित “भैरवसिंह” नामक उपन्यासमा आधारित वास्तविक कथामा उभिएको दाबी निर्देशक खड्काको छ । चल कला निचत्रका र्देशक केके मानन्धरका अनुसार विगत ५ वर्षदेखिको अध्ययन र सम्बन्धित व्यक्तित्वस“गको समन्वयमा निर्माण्ँ गरिएको चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचनातथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुनगएको स्वीकार गर्नुभयो ।

चलचित्रको मूख्यभूमिकामा हिसिला महर्जन, यशराज कार्की, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतले अभिनय गरेको चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् भने शंकर महर्जन र नविन जोशीले क्यामेरा चलाउनु भएको छ ।