ऐश्वर्याका अगाडि कामदार महिला जस्तै देखिईन् दीपिका !

यो वर्ष अभिनेत्री दीपिका पादुकोणले कान्समा दोस्रो पटक सहभागिता जनाईन् ।

यसअघि उनले सन् २०१० मा पहिलो पटक कान्समा सहभागिता जनाएकी थिईन् । दीपिकाको यस पटकको कान्स गेटअपको धेरैले प्रशंसा गरेका छन् । तर शुक्रबार बिहान ऐश्वर्या रायले हरियो गाउनमा गरेको फोटोशुट पछि सामाजिक सञ्जालमा ऐश्वर्या र दीपिका ट्रोल हुन थाले ।

केहीले दीपिकालाई ऐश्वर्यासँग तुलना गरेर आमा बनिसकेकी ऐश्वर्याको अगाडि दीपिका कामदार महिलाजस्तै देखिएको भन्दै आलोचना गरेका छन् । त्यस्तै केहीले दीपिकाले ऐश्वर्याबाट केही सिक्नु पर्ने सुझाव दिएका छन् ।