ऐश्वर्याको डिमाण्ड अनुसार नै उनको भूमिका बोल्ड बनाइएको थियो

बिहेपछि बलिउडमा आफ्नो दबादबा बनाउन नसकेकी अभिनेत्री ऐश्वर्या राय बच्चन नयाँ फिल्म ‘ए दिल हे मुश्किल’बाट धेरै नै आशावादी छिन् । फिल्म ‘जज्बा र सरवजित’ जस्ता फिल्म खेलेपनि ऐश्वर्याले खासै चर्चा पाउन सकिनन् ।

aiswarya-rai

ऐश्वर्याले अब भने नयाँ शैलीमा अगाडि बढ्ने तयारीमा लागेकी छिन् । जब, निर्देशक करण जोहर फिल्म ‘ए दिल हे मुश्किल’को स्त्रिmप्ट लिएर ऐश्वर्याकोमा पुगेका थिए, उनले अभिनेत्रीबाट आश्चर्यजनक जवाफ पाएका थिए ।

ऐश्वर्याले फिल्मको कथा पढेपछि आफ्नो भूमिकालाई अझै बोल्ड बनाउन भनेकी थिइन् । ऐश्वर्याको डिमाण्ड अनुसार नै फिल्ममा उनको भूमिका बोल्ड बनाइएको छ । अभिनेता रणवीर कपुरसँग उनले थुप्रै अन्तरंग दृश्य दिएकी छिन् । जसको डिमाण्ड ऐश्वर्या आफैले गरेकी हुन् ।