ऐश्वर्या करण जोहरको फिल्मबाट पुन: ठूलो पर्दामा देखिदै

ऐश्वर्या

हालै मात्र चलचित्र“ए दिल है मुस्किल”मा रणवीर कपुरका साथ रोमान्स गरेकी नायिका ऐश्वर्या राय बच्चन फेरी एकपटक करण जोहरको फिल्मबाट ठूलो पर्दामा देखिने भएकी छिन् ।

त्यस्तै ऐश्वर्या र उनका पति अभिषेक एकै साथ काम गर्ने खबर पहिल्यै आएपनि त्यस भन्दा अघि नै ऐश्वर्या फिल्म ‘फन्ने खा मा’ देखिने भएकी हुन्। न्युज ऐजेन्सीका अनुसार उक्त फिल्मको शुटिंग यहि अगस्टबाट सुरु हुने भएको छ । त्यस्तै सो फिल्म अप्रिल २०१८ मा प्रदर्शनमा आउने छ ।

यस फिल्ममा ऐश्वर्या र अनिल कपुर करिब दुई दशकपछि एक साथ देखिने भएका छन् । हमारा दिल आपके पास है (सन् २०००)तथा ताल (सन् १९९९)मा यि दुई सँगै देखिएका थिए । अनिल कपुरले ट्विट मार्फत यस फिल्मको पटकथा सानदार रहेको र संगित अत्यन्तै रोमान्चित रहेको बताएका छन् ।

यसै गरि अनिल कपुर हाल आफ्नो आउँदै गरेको फिल्म ‘मुबारकां’ को प्रमोशनमा व्यस्त छन् । यस फिल्ममा अनिल कपुर र उनका भतिजा अर्जुन कपुर पहिलो पटक एक साथ देखिने छन् । सो फिल्म २८ जुलाईमा रिलिज हुँदैछ । यसका निर्देशक अनुराग कश्याप अभिषेक र ऐश्वर्याका लागि ‘गुलाब जामुन’ नामक फिल्म बनाउने तयारीमा छन् ।                                                          कुन्जर भट्टराई