ऐश्वर्या बारे अन्ततः यसो भने अभिषेकले

अभिनेता अभिषेक बच्चनले श्रीमती ऐश्वर्या राय बच्चन केही दिन अघि रिलिज भएको उनको फिल्म ‘ए दिल हे मुश्किल’ मा निकै शानदार देखिएको बताएका छन्।

इन्डियन सुपर लिग (आइएसएल) को फ्रेन्चाइजी एफसीको मालिकमध्येका एक अभिषेकले एक समारोहमा आफ्नो फुटबल टिमसँग यात्रा गरिरहेकाले दूर्भाग्यवश अहिलेसम्म उनको फिल्म हेर्न नपाएकोसमेत बताएका छन् । आफूले चाँडै नै उक्त फिल्म हेर्ने पनि उनले जानकारी दिए ।

उनले भने, ‘मैले फिल्म निर्माण भइरहेका बेला नै यसका केही अंश हेरेको छु, त्यतिबेला मैले ऐश्वर्यालाई हेरेको हेर्यै भएँ । मलाई लाग्छ उनी फिल्मभरी निकै शानदार देखिएकी छिन् । म करण जोहर र उनको पूरा टिमको लागि निकै खसी छु । उनलाई शुभकामना पनि दिन चाहन्छु ।’

डिजाइनर जोडी अबु जानी र संदीप खोसलाको एक फेसन शो मा शो स्टपर रहेकी दिदी श्वेता नन्दालाई उत्साह बढाउनका लागि उनी उक्त कार्यक्रममा उपस्थित थिए, जहाँ उनले ऐश्वर्याको नयाँ फिल्मका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।