ऐश्वर्याको प्रभावले ममा धेरै परीवर्तन आएको छ : अभिषेक बच्चन

abhiske-bachchan

बलिउड अभिनेता अभिषेक बच्चन पछिल्लो समय आसै चलचित्रहरुमा देखिएका छैनन् । उनी पछिल्लो समय हाउसफुल ३ मा देखिएका थिए । तर उनको क्रेज घटेको चाँही छैन । क्रेज नघटेतापनि उनी निर्देशकको नजरमा आउन सकेका छैनन् । चलचित्रमा व्यस्त नभएका कारण नै उनी बेला बेला विभिन्न कार्यक्रमहरुमा पनि देखिन थालेका छन् ।

यस्तै एउटा कार्यक्रममा एउटा कार्यक्रममा केही दिनअघि अभिषेक पुगे । त्यहाँ उनले आफू ‘स्टाइलिस’ हुनुको श्रेय पत्नी तथा अभिनेत्री ऐश्वर्या राय बच्चनलाई दिए । उनले भने, ‘आजको मेरो कपडा पनि ऐश्वर्याले नै छानेकी हुन् । ऐश्वर्या र आराध्याले मलाई फेसन टिप्स दिइरहेका हुन्छन् ।’ त्यति मात्र होइन, अभिषेकले कार्यक्रममा ऐश्वर्याको प्रभावले आफूमा आएको परिवर्तनबारे पनि बताएका थिए ।