‘ऐश्वर्य’ रिलिज ,रमेश र दीपिकाको करिअर के होला ?

 

फ्राईडे रिलिज अन्तर्गत यो साताको लागि गीत तथा ट्रेलरबाट नै वर्षको प्रतिक्षीत बनेको फिल्म ‘ऐश्वर्य’ प्रदर्शन भएको छ । शुक्रवारमात्र फिल्म  रिलिज गर्नु पर्ने प्रावधान भएपनि आज बिहीवार छठ पर्वको बिदा भएका कारण ‘ऐश्वर्य’ले आफ्नो प्रदर्शन सुरु गरेको हो ।

यो साता उक्त फिल्मसँग जुध्न अन्य कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । तर केही सिंगल हलमा भने ‘रुद्रप्रिया’ र ‘रानी’ पनि प्रदर्शन भइरहेका छन् ।उता मल्टिप्लेक्समा भने गएको हप्ता प्रदर्शनमा आएका बलिउडका दुई ठूला फिल्म ‘सिक्रेट सुपरस्टार’ र ‘गोलमाल अगेन’ छन् । ऐश्वर्य’ले नेपाली दुई र बलिउड दुई फिल्मसँग खरो उत्रनु पर्ने चुनौती छ ।

काठमाडौंका मल्टिप्लेक्समा फिल्मको अग्रिम बुकिङ राम्रो छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मको लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । सुदीप बरालले खिचेका हुन् ।
यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।

केही समय अमेरिका बसाईपछि नेपाल फर्केका नायक रमेश उप्रेती चलचित्र ‘ब्रासलेट’ मार्फत जम्न नसकेपछि यो फिल्मबाट भने जम्ने प्रयत्नमा छन् । उता यस फिल्मबाट नव -नायिकाको रुपमा भित्रिएकी दिपीका प्रसाई विकीनीबाट चर्चामा छिन् ।   यो फिल्मबाट  रमेश र दीपिकाको करिअर कसरी अगाडि बढ्छ भन्ने कौतुहलता गाँसिएको छ ।

ऐश्वर्य’ को नयाँ पोष्टरमा केकी अधिकारी