चलचित्र ‘ऐश्वर्य’ को गीत सार्वजनिक

चलचित्र  कार्तिक २ गते रिलिज हुने

वैष्णोदेवी फिल्मस्को व्यानरमा निर्माण गरिएको चलचित्र ‘ऐश्वर्य’ ले चलचित्रको गीत तथा रिलिज मिति सार्वजनिक गरेको छ ।

चलचित्र टोलीले आज राजधानीमा एक कार्यक्रमकाबीच चलचित्र लक्ष्मी पुजाको अवसर अर्थात कार्तिक २ गते रिलिज गर्ने घोषणा गर्दै आफ्नो नयाँ गीत सार्वजनिक गरेको हो ।

नेपाली चलचित्र क्षेत्रमा एक समय निकै जमेका नायक रमेश उप्रेती केही समय चलचित्र क्षेत्रबाट हराएका हुन कि भन्ने लागिरहेको समयमा चलचित्र ऐश्वर्य मार्फत फेरी उदाउने भएका छन् ।नायक रमेश उप्रेतिको प्रस्तुती रहेको चलचित्र ऐश्वर्या दिवाकर भट्टराइले निर्देशन गरेका छन् । किरण राना उप्रेती, अर्जुन श्रेष्ठ   संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी, अर्जुन श्रेष्ठ, केशव भट्टराई, प्रशान्त ताम्राकार, विकास खतिवाड, अमित पोखरेल, निर्मल शर्माको साथमा नव-नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहेको छ ।यस चलचित्रमा अर्जुन पोख्रेल तथा विराज गौतमको संगीत रहेको छ भने सार्वजनिक गरिएको गीतमा दीपिका र रमेशको प्रेम झल्काउन खोजिएको छ ।
‘तिमी रोएको पल’ नामक गीत रिलीज तथा चलचित्र  रिलिज मिति सार्वजनिक कार्यक्रममा उल्लेख्य मात्रामा चलचित्रकर्मी एवं रंगकर्मीहरुको उपस्थिती रहेको थियो ।