ऐश्वार्यालाई किस गर्दा काप्थे रणवीर

करण जोहरको सिनेमा ए दिल है मुश्किलमा अभिनेता रणवीर कपूर र अभिनेत्री ऐश्वर्या रायका धेरै ईंटिमेन्ट सिनहरु छन् । यीनै सिनका कारण टिजर र ट्रेलरबाटै उनीहरुले निकै चर्चा पाएका छन् । अभिनेता रणवीरले एजेन्सीसँग पहिलो पटक फिल्ममा ईंटिमेन्ट सिनहरु दिँदाको अनुभव सेयर गरेका छन् ।

ais-ranveer

उनका अनुसार फिल्ममा ऐश्वर्यासँग किस सिनको लागिा जब उनी ऐश्वर्याको गालामा हात लान्थे उनका हातहरु काप्थे । उनले ऐश्वर्यासँग यी सिनहरु दिँदा आफूलाई निकै लाज लागेको बताए । तर ऐश्वर्याले उनलाई हिम्मत नहारी कोसीस गर्न सुझाव दिन्थिन् र उनी फेरि गर्थे ।

यति मात्रै नभय ऐश्वर्याले रणवीरलाई एक अभिभावकले जस्तै गरी, सम्झाउँदै ध्यान दिएर काम गर्न सुझाउँथिन् । फिल्मका ईंटिमेन्ट सिनहरु गर्न ऐश्वर्याले रणवीरलाई सघाएको रणवीरले बताएका छन् ।

रणवीर आफूलाई मन पर्ने अभिनेत्रीहरु माधेरी दिक्षितसँग ए जवानी है दिवानीमा र ऐश्वष्र्यासँग ए दिल है मुश्किलमा काम गर्न पाएर निकै खुशी छन् ।आज रिलिज भएको सिनेमा ए दिल हे मुश्किलमा रणवीर र ऐश्वर्या बाहेक अनुश्का शर्मा र फवाद खानको पनि मुख्य भूमिका छ ।