दुइ जना नायिकाको कारण बिग्रियो मेरो करीयर : रणवीर कपुर

ranbeer-kapoor

हाल बलिउड अभिनेता रणवीर कपुर अभिनित ’ऐ दिल है मुश्किल’ प्रदर्शन भइरहेको छ । चलचित्रले दर्शक तथा समिक्षकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ भने चलचित्रको वक्सअफिस कारोबार उत्साहजनक देखिएको छ ।उनै रणविरले एक टिभी कार्यक्रमका दौरान सबैलाई आश्चर्यमा पार्ने बयान दिएका छन् ।

उनको सो भनाइ उनका दुई पूर्व प्रेमिका दीपिका पादुकोण एवम् क्याटरिना कैफप्रति लक्षित थियो ।’मेरो दुर्भाग्य भनौ मैले जुन किसिमका फिल्म गरे र दुई अभिनेत्री जोसँग मेरो नाम जोडियो त्यसले गर्दा मेरो छवि प्ले व्वाई तथा सिरियल डेटरको बनेको छ । केहि हदसम्म यो सहि हो’, रणवीरले भने।

रणवीरले दिएको यो प्रतिक्रियालाई धेरैले चलचित्र छनोटमा रणवीरबाट गल्ती भएको स्वीकार्यता र दीपिका र क्याटरिनाको कारण बदनाम भएको तर्फ ईसारा भएको बताएका छन् ।

पछिल्लो समयमा रणवीरले काम गरेका चलचित्रले उनको अभिनयका लागि तारिफ बटुले पनि वक्सअफिसमा भने असफल भएका छन् । ए दील हे मुश्किलले रणवीरको करीयरलाई कहाँ पुर्याउछ त्यो आगामी दिनहरुमा थाहा भइहाल्छ ।