ओएनएफ जापान कान्तोले मनायो नयाँ वर्ष : पत्रकार महासंघको नयाँ टिम सम्मानित

ओएनएफ जापान

टोकियो –  प्रवासी नेपाली मन्च जापान कान्तो कमिटीले नयाँ बर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार टोकियो स्थित शिन-ओकुबुमा भएको सो कार्यक्रममा पत्रकार महासंघ जापानको टोकियोमा उपस्थित नव – निर्वाचित टिमलाई सम्मान र निवर्तमान कान्तो कमिटीलाई बिदाइ गरिएको थियो ।

प्रवासी नेपाली मन्च जापान कान्तो कमिटीका अध्यक्ष सुजन पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुदन थापा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, जापानका लागि नेपालका पर्यटन दुत अनुज थापा, प्रवासी नेपाली मन्च जापानका कार्यबाहक अध्यक्ष बाबुराम भण्डारी, जनसम्पर्क समिति जापानका पुस्कर जंग थापा , पशुपति गिरी , देबिलाल भण्डारी, पदम ठगुन्ना, बुद्दी घिमिरे, सिद्धार्थ श्रेष्ठ लगायतले बोलेका थिए ।

सो कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधी, समाजसेवी, पत्रकार, एमालेका शुभचिन्तक लगायतले शुभकामना आदान प्रदान गरेका थिए ।

ओएनएफ कान्तोमा पाँच आकांक्षी