ओएनएफ टोयोटा कमिटीद्वारा नयाँ बर्ष २०१७ को शुभ-कामना आदान -प्रदान कार्यक्रम सम्पन्न

ओएनएफ टोयोटा कमिटी

झण्डै दुई दशक पुरानो अनि सक्रिय प्रवासी नेपाली मंच टोयोटा कमिटीले अंग्रेजी वर्ष २०१७ को सुखद उपलक्ष्यमा एक समारोहबीच शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा एमालेको प्रवासको भात्री संगठन प्रवासी नेपाली मंच जापानको २०औ राष्ट्रिय अधिवेशनबाट सर्बसहमतीबाट यसै क्षेत्रबाट निर्वाचित राष्ट्रिय कमिटीका लागी उपाध्यक्ष पदमा .बलराम भुषाल ,सदस्यमा अशोक चन्द्र अधिकारी र सदस्यमा राजेन्द्र थापालाई टोयोटा कमिटीका अध्यक्ष श्री श्रीराम शर्माले अबिर तथा खादा लगाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ-कामना ब्यक्त गर्नु भयो ।

त्यस्तै गरी जनसम्पर्कसमिती नागोयाको उपाध्यक्ष पद त्याग्दै प्रवासी नेपाली मंच जापानमा नयाँ प्रवेश गर्नु भएका श्री राज कुमार अधिकारी ज्युलाई टोयोटा कमिटीबाट विशेष सम्मान गर्दै अबिर र खादा लगाई स्वागत गरिएको छ ।

कार्यक्रममा टोयोटा कमिटीका सल्लाहकार सुभाष केसी ,सदस्य सचिन केसी ,सदस्य पंच पुन ,सदस्य गोपाल पुन,सदस्य मनिष राई,हिरा थापा ,पेम्वा लामा र नागोया देखी पाल्नु भएका शिवाराम खड्का लगायत बक्ताले यो कमिटीलाई सशक्त र सिस्ट्मेटिक ढंगबाट अघी बढाउदै लैजान सबै जनाले आ-आफ्नो तर्फबाट भूमिका खेल्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

ओएनएफ टोयोटा कमिटी

ओएनएफ टोयोटाद्धारा विश्व मजदुर दिवस मनार्इयाे (फाेटाे फिचर)