एनआरएनए जापानको सदस्यता १३ हजार, ओकिनावाका सदस्य नामावली प्रकाशन (सूची सहित)

एनआरएनए जापानगैरआवासीय नेपाली संघ एनआरएनए जापानले सदस्यता नामावली प्रकाशन प्रारम्भ गरेको छ।

गत सातासम्म नयाँ तथा नविकरण गरिएका पंजिकृत सदस्यहरूको प्रारम्भिक नामावली प्रकाशन सुरू गरेको एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिए। थापाका अनुसार हाल ओकिनावा क्षेत्रको नामावली सार्वजानिक गरिएको छ।

कुल १३ क्षेत्रिय समिति अन्तरगत ओकिनावामा कुल ८१ जनाले सदस्यका लागि आवेदन दिएका छन। ‘ यस पटक अनलाईन प्रणाली मोवाईल एप्स मार्फत नयाँ प्रयोग गरेकाले आफ्नो सदस्यता प्रकृया भए नभएको बारे जानकारी लिन अनुरोध गर्दछौ’ अध्यक्ष थापाले भने ‘ ओकिनावाका प्रमाणित नामावलीमा आफ्नो नाम छुटेका महानुभाबहरुले आफ्नो फोन नम्बर परिचय पत्र तथा सदस्यता सुल्क भुक्तानी गरेको भौचर सहित कार्यसमिति अथवा क्षेत्रीय समितिसंग सम्पर्क गर्न अनुरोध गर्दछौ ।’

यसैबीच अन्य क्षेत्रको नामावली समेत छिट्टै सार्वजानिक गर्ने जनाएको छ।

‘सदस्यता १३ हजार पुग्यो – झोलाका भोटर अनलाईनमा’

जुन ४ तारिकसम्म राखिएको सदस्यता लिने समयसम्म जापानमा गैरआवासीय नेपाली संघ एनआरएनएको सदस्य बन्न पाउ भनेर करिव १३ हजारको आवेदन परेको छ।

एनआरएनए जापान अध्यक्ष थापाका अनुसार अघिल्लो पटक भन्दा करिव आठ हजारले सदस्यता आवेदन परेकोछ। एप्स मार्फत सदस्यता लिने प्रणाली सुरू गरेपछि हाल १२ हजार ७५५ जनाको आवेदन पाएका छौ। यस अघि करिव ४५०० सदस्य थिए।

पछिल्ला वर्षहरूमा झोला बोकेर सदस्यता बनाउदै हिडने र झोलामा भोटर देखाएर पदको बार्गेनिगं गर्ने विकृतिको अन्त्य गरेका छौ, अध्यक्ष थापाले भने ‘ सदस्यता लिन स्वतन्त्रता भएका कारणले पनि सदस्यता लिन ईच्छुक धेरै पायौ। ‘

यस पटक देखि विध्यार्थीहरूलाई समेत सदस्यता खुल्ला गरिएकाले संख्या वढेको थापाले स्विकार गरे।

सदस्यको लागि दरखास्त दिने कुल संख्या:- १२, ७५५
प्रमाणित भईसकेका सदस्य संख्या :- १०,०७३
प्रमाणित हुन बाँकी : ५३८
सदस्य शुल्क भुक्तानी रसीद प्राप्त नभएको संख्या:- २,१४४ (गत साता प्रकाशित रिपोर्ट)

हेर्नुहोस ओकिनावाका सदस्यता नामावली – 

एनआरएनए जापानको सदस्यता लिने समय चार दिन थप (लिंक सहित), कस्ता छन आकांक्षीहरू?