ओकिनावामा दोस्रो विश्वयुद्धमा मारिएकाहरुको स्मृतिसभा

जापानको ओकिनावा प्रान्तमा दोस्रो विश्वुद्धको अन्त्यतिर भएको भीषण स्थल युद्धको ७४ औं स्मृति दिवस मनाइएको छ । आइतबार इतोमान शहरस्थित शान्ति स्मृति उद्धानमा आयोजित एक समारोहमा लगभग ५ हजारभन्दा बढी मानिस उपस्थित भएर युद्ध पीडितहरुको स्मृतिमा प्रार्थना गरेका थिए ।

१९४५ मा अमेरिकी जापानी सेनाबीच ओकिनावामा भएको युद्धमा २ लाखभन्दा बढीले ज्यान गुमाएका थिए भने तीमध्ये एक चौथाई ओकिनावाबासी थिए । सो लडाई २३ जुनमा सकिएको थियो । हरेक वर्ष यही दिन स्मृति समारोहको आयोजना गरिन्छ ।

स्मृति सभामा ओकिनावाका गभर्नर डैनी तामाकीले विश्वमाा दिगो शान्तिको आव्हान गर्दै यसका लागि ओकिनावाबासीसंग मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

तामाकीले केन्द्र सरकार ओकिनावामा रहेको अमेरिकी सैन्य अखडा स्थानान्तरणका लागि काम अघि बढाइरहेको जानकारी दिनुभएको थियो स्मरणीय छ यो विषयमा भएको जनमत संग्रहमा ७० प्रतिशतभन्दा बढी मतदाताले सैन्य अखाडाको बिरोध गरेका थिए ।

अमेरिकी सैनिकले जापानी महिला बलात्कार गरेको विरोधमा प्रदर्शन