ओकेबाजेको सहयोगमा विद्यार्थीलाई पोशाक सहयोग

जापानी नागरिकले पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडाको उज्ज्वल आधारभूत विद्यालय अध्ययनरत् विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेका छन् ।

त्यहाँ अध्ययनरत् विद्यार्थीलाई जापानी नगारिक काजुमासा काकीमी (ओकेबाजे) र मसाहिरो क्युरोको सहयोगमा रु ६० हजार बराबरको विद्यालय पोशाक वितरण गरिएको हो ।

गरीब, जेहेन्दार, दलित, जनजाति विद्यार्थीलाई नियमित रुपमा विद्यालयमा जाने बानी बसाल्न विद्यालय पोशाक दिएर खुशी बनाएको सहयोग दाता ओकेबाजेले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक केशवराज पङ्गेनीले पोशाक सहयोग गरेकोमा जापानी नागरिकलाई धन्यबाद दिँदै यस कार्यक्रमले बिचमै कक्षा छाड्ने, नियमित विद्यालय नजाने समस्यामा कमी आउने बताउनुभयो ।

विद्यालय पोशाक पाएपछि यहाँका विद्यार्थीहरु खुशी भएका छन् । ग्रामीण र दुर्गम भेगमा सञ्चालित विद्यालयमा अध्ययनरत् विद्यार्थीहरु पोशाक समस्याले पनि विद्यालय नजाने समस्या देखिएको छ ।

पाल्पामा काजुमासा काकिमी (ओकेबाजे)को नागरिक अभिनन्दन