ओखलढुंगामा घटे मतदाता

nb

आगामी ३१ वैशाखका लागि तय भएको स्थानीयतहको निर्वाचनका लागि ओखलढुंगाबाट साढे ९१ हजार जनाले मतदान गर्न पाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार स्थानीय चुनावमा ९१ हजार ५ सय ७ जनाले मतदान गर्न पाउने भएका हुन । यो संख्यामध्ये महिला तथा पुरुषको संख्या भने एकिन भइनसकेको जिल्ला निर्वाचन अधिकृत अर्जुन राईले जानकारी दिए ।
ओखलढुंगामा यसअघिको निर्वाचनमा ९४ हजार मतदाता रहेकोे भए पनि आसन्न स्थानीय निकायको निर्वाचनमा तीन हजार मतदाता घटेका हुन् । निर्वाचनका लागि जिल्लामा ७८ स्थान निर्धारण गरिएको छ ।

जिल्लामा १ सय ३३ वटा केन्द्र रहने निर्वाचन अधिकृत राईले बताए। एक हजार भन्दा बढी मतदाता रहेको केन्द्रमा क र ख गरी दुई स्थानमा मतदान गरिनेछ । यसअघि २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनमा ७८ स्थान निर्धारण गरी १ सय ३३ वटा केन्द्रबाट मतदान गरिएको थियो ।

निर्वाचनको कडा प्रतिवाद गर्ने विप्लव माओवादीको चेतावनी