ओखलढुंगामा ठूलो दुर्घटनाबाट जोगियो बस

ओखलढुंगा सदरमुकामबाट निशंखेतर्फ जाँदै गरेको बा २ ख ७३०४ नम्बरको यात्रुवहाक बस दुर्घटना हुनबाट जोगिएको छ। मतदान अधिकृतसहित निर्वाचनको सामग्री बोकेको यात्रुबाहक बस ठूलो  दुर्घटनाबाट जोगिएको हो। 

साँघुरो सडकमा मोटरसाइकललाई बाटो छाडिदिने क्रममा एकापट्टिको टायर सडकको छेउमा  भासियर पनि दुर्घटना हुनबाट बचेको हो। बसको छेउको टायर भसिएपछि दुर्घटना  हुने डरले ढोकाबाट हाम फाल्दा ३ जना यात्रु घाइते भएका छन्। उनीहरुको ओखलढुंगा सामुदयिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ।

बसमा सवार मतदान अधिकृत भगवता भट्टराई, टंकप्रसाद शर्मा र सहायक कर्मचारी ज्ञानु कुमारी निरौला घाइते भएका छन्। सहायक मतदान अधिकृत भट्टराई सेर्नास्थित क मतदान केन्द्र, शर्मा चिशंखुगढी वाड नं ५ को ख मतदान केन्द्र, र निरौला छात्रा प्रगति माविका मतदान अधिकृत हुन्। उनीहरुको खुट्टा र हातमा चोट लागेको छ।कच्ची सडक विगत ३ दिन देखिको अविरल वर्षाका कारण दुर्घटनाको जोखीम बढेपनि जोखिम मोलेर यात्रा गर्न बाध्य भएको यात्रुहरुको गुनासो छ।

ओखलढुंगामा गरियो नमुना मतदान