ओखलढुंगामा म्यादीलाई ८२ हजार ४ सय सहित बिदाइ

ओखलढुंगामा स्थानीय तह निर्वाचनको सुरक्षाका लागि तीन महिनाअघि भर्ना गरिएका म्यादी प्रहरीको जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमबीच प्रशंसापत्रसहित बिदाइ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढ्गांका प्रहरी प्रमुख मिलन केसीले शुक्रबार म्यादी प्रहरीलाई प्रशंसापत्रसहित बिदाइ गरिएको जानकारी दिए। गत चैत २५ गते स्थानीय तह निर्वाचनका लागि भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढ्गांले ४ ७७ जनालाई म्यादी प्रहरीमा भर्ना गरेको थियो।

म्यादी प्रहरीले निर्वाचन अवधिभर राम्रो काम गरेकाले र राज्यलाई आवश्यक परेको महत्वपूर्ण समयमा इमान्दारी बहन गरेर निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेकाले सम्मानपूर्वक बिदा गरेको प्रहरी प्रमुख केसीले बताए। ९० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रतिजवान जम्मा ८२ हजार ४ सय ८५ रुपैयाँ सेवा-सुविधा पाएका छन्। शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न पाएकोमा र छोटो अवधिका लागि भए पनि राज्यको सेवा गर्न पाएकोमा आफूहरु खुसी रहेको म्यादीहरुको भनाइ छ।

ओखलढुंगामा गरियो नमुना मतदान