आजदेखि कास्की समाज बेल्जियमको पहिलो अधिवेशन शुरु

belg-mmap-md
कास्की समाज, बेल्जियमको पहिलो अधिवेशन आज आइतबारदेखि शुरु भएको छ । “विश्व भरी छरिएका कस्केलीको खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ कास्की समाजको पहिलो अधिवेशन शुरु भएको हो ।

स्थानिय समय अनुसार दिउँसो १ बजेदेखि ओन्स हाउस ल्युभेनमा अधिवेशन शुरु भएको छ ।

बेल्जियमस्थित नेपाली संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार लगायत सम्पूर्ण बेल्जियमवासी नेपालीहरुलाई अधिवेशनमा उपस्थितिका लागि कास्की समाज तदर्थ समिती, बेल्जियमका सयोजक, पूर्ण तिमील्सिना र सदस्य सचिव होम गुरुङले जारी गरेको संयुक्त विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।

यो पनि हेर्नुहोस्-दोस्रो चरणको कास्की भेला बेल्जियममा सम्पन्न