ओबामाले थपडी बजाएर क्लिन्टनलाई भने, ‘छिटो गर, घर फर्किनु पर्छ’ (भिडियो सहित)

अमेरिकी राष्ट्रपति बाराक ओबामा सधैभरी चर्चामा छन् । पहिलो अमेरिकी अश्वेत राष्ट्रपति ओबामा दुई कार्यकालको राष्ट्रपतिपदबाट केही महिनामै अलग हुँदै छन् त्यसैले पनि हुनुपर्छ उनको चर्चा धेरै भइरहेको हुन्छ । स्वयम् ओबामा समेत मिडियाका लागि मसला बन्ने क्रियाकलाप गरिरहेका हुन्छन् ।

ओबामा

अमेरिकी संवैधानिक व्यवस्था अनुसार नै एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाउदैन । संयोग नै भन्नुपर्छ पहिलो पटक ओबामालाई राष्ट्रपति पदमा निर्वाचन गर्न सघाएकी नेतृ हिलारी क्लिन्टन अहिले अमेरिकी राष्ट्रपति बन्ने दौडमा छिन् ।उनको लोकप्रियता बढ्दै गर्दा आगामी अमेरिकी राष्ट्रपति बन्ने क्लिन्टनको सम्भावना समेत बढेर गएको छ । क्लिन्टन अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी हुन् ।

 

प्रसंग शुक्रबारको हो । शुक्रबार इजरायलमा अमेरिकी राष्ट्रपति ओबामा र पूर्वराष्ट्रपति बिल क्लिन्टनबीचको एक रमाइलो संवादको भिडियो सार्वजनिक भएको छ । इजरायली नेता सिमोन पेरेसको अन्त्यष्टिमा सहभागी भएर अमेरिका फर्कने क्रममा खिचिएको यो भिडियोले अहिले विश्वभर चर्चा पाइरहेको छ।

संवादमा बिल क्लिन्टन बोलेका छैनन् तर ओबामाले उनलाई निरन्तर बोलाइरहेका छन् । इजरायल पुगेर फर्कने क्रममा अमेरिकी ‘इयरफोर्स–वान’ विमानको ढोकामा पुगेर राष्ट्रपति ओबामाले क्लिन्टनलाई निरन्तर बोलाइरहन्छन् ।

अन्त्यष्टि कार्यक्रम सकेर फर्कन लाग्दा इजरायलका मन्त्री र साथीसँग क्लिन्टन गफिएपछि ओबामाले पटक–पटक क्लिन्टनलाई बोलाएको भिडियोमा देख्न सकिन्छ ।ओबामा क्लिन्टनलाई बोलाउदै भन्छन्, ‘बिल, चाँडै लागौँ !’ उनले यसरी बोलाउदा समेत बिल क्लिन्टन नआएपछि ओबामा थपडी बजाउदै थप्छन्, ‘बिल छिटो गर । घर फर्किनु पर्छ ।’

ओबामाले विमानको ढोकामा उभिएर क्लिन्टनलाई एक मिनेट ४० सकेन्डसम्म कुरेका छन् । ओबामा क्लिन्टनलाई पर्खने क्रममा बेला सर्टको बाहुला मिलाउछन् त बेला भित्र कसैसँग कुरा गर्छन् । जब क्लिन्टन बिमानको सिढी चढेर ओबामा नजिक पुग्छन् तब दुवैजना हात मिलाएर साथीजस्तै सँगसँगै विमान भित्र पस्छन् ।

भिडियो

एजेन्सी/अन्नपुर्ण

अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युबामा