ओबामाले देश निकाला गरेका ३५ रुसी कूटनीतिज्ञले अमेरिका छाडे

45475338air-us
अमेरिकी राष्ट्रपति बाराक ओबामाले निश्कासित गरेका ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् ।

निष्काशनमा परेका कूटनीतिज्ञ आफ्नो परिवारसहित मस्कोका लागि उडेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गत नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा साइबर आक्रमणमा संलग्न रहेको आरोप लगाउँदै ओबामाले ती कूटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिएका थिए ।

राष्ट्रपति ओबामाले रुसले अमेरिकी अधिकारीलाई निकै दुःख दिएकाले कठोर कदम चाल्नुपरेको जिकीर गरेका थिए ।

ओबामाको यस्तो कदमपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूहरु गैरजिम्मेवार कूटनीतिमा नअल्झने प्रतिक्रिया दिएका थिए ।

नवनिर्वा्चित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनको भनाइको प्रशंसा गर्दै उनी निकै स्मार्ट रहेको बताएका थिए ।

उनले रुसमाथि लगाइएको आरोपको छानबीन गरिने बताएका छन् ।

ओबामाले दिए रुसी कुटनीतिज्ञलाई देश निकाला गर्न आदेश