ओबामाले फोन ट्यापिङ गरेको ट्रम्पको आरोप

obama-trumpअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार एक कार्यक्रममा चुनाव अघि तत्कालीन राष्ट्रपति बाराक ओबामाले उनको न्यूयार्कस्थीत कार्यलयमा फोन ट्यापिङ गरेको आरोप लगाएका छन् ।
उनले ट्यापिङ कान्डलाई वाटर गेट कान्डसंग तुलना गरेका छन् । यद्धपि ओबामाका प्रवक्ता केविन लेवाइसले आरोपको खन्डन गरेका छन् । उनले राष्ट्रपति ओबामाले कसैको फोन ट्यापिङका लागि अनुमती नदिएको बताए ।
लेवाइसले ओबामा प्रशासनमा एक कार्डिनल नियम थियो । व्हाइट हाउसका कुनैपनि अधिकारी विधि विभागको स्वतनत्र जांचमा हस्तक्षेप गर्न सक्दैन थिए । त्यसैले ओबामा माथी लाइएको यि आरोपहरु झुटमात्र हुन् ।
ट्रम्पले भने ओबामाले ट्रम्प टावरमा फोन ट्याप गरेका थिए । तर केहि नमिलेपछि उनि निरास भए । उनले हुने वाला राष्ट्रपतिको फोन ट्याप गर्नु बध्य हो ? भनेर प्रश्नपनि गरेका छन् ।

चीन र रुसी राष्ट्रपतिसँग डोनाल्ड ट्रम्पको वार्ता