ओबामाले बिदाइ भाषण सिकागोमा गर्ने

1175871706obamafamily700

यही जनवरी १० मा आफ्नो गृहराज्य सिकागो सहरबाट अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिदाइ सम्बोधन गर्ने भएका छन् ।

‘हार्वर्ड स्कुल अफ ल’ बाट ग्रयाजुएट गरेपछि ओबामाले सिकागोबाट राजनीतिक जीवन सुरु गरेका थिए । समाचार संस्था पीटीआईका अनुसार ओबामाको राष्ट्रपतिय लाइब्रेरी पनि सिकागोमा नै स्थापना हुने बताइएको छ ।

एक विज्ञप्तिमार्फत सोमबार आफ्नो अन्तिम भाषणको बारेमा घोषणा गर्दै ओबामाले अमेरिकी जनतालाई उनको विगत आठ वर्षको ‘अद्भुत यात्रा’ का लागि धन्यवाद ज्ञापन गरेका छन् ।

सीएनएनका अनुसार ओबामाले पहिलो अमेरिकी राष्ट्रपति जर्ज वाशिङ्टनले सुरु गरेको नजिरलाई पछ्याएको बताएका छन्, जसले आफ्नो बिदाइ भाषण २२० वर्षअघि लेखेका थिए ।

सन् २००९ मा यसअघिका राष्ट्रपति जर्ज डब्लु बुशले पनि ह्वाइट हाउसबाट बिदाइ भाषण गरेका थिए ।

बाराक ओबामाको कुकुर चोर्न खोज्ने पक्राउ