ओबामा र हिलारी आइएसको संस्थापकः ट्रम्प

रिपब्लिकन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्प

रिपब्लिकन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बराक ओबामा र डेमोक्र्याटिक पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार हिराली क्लिन्टनलाई इस्लामिक स्टेट (आइएस)को संस्थापक हुन भन्ने गम्भिर आरोप लागाएका छन् । ट्रम्पले बुधबार फ्लोरिडामा आयोजित एक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।

कतिपय विषयमा इस्लामिक स्टेटले राष्ट्रपति ओबामाको सम्मानसमेत गरेको उनको भनाइ छ । तर ट्रम्पले लगाएको आरोपका विषयमा अहिलेसम्म ह्वाइट हाउसले कुनै प्रतिक्रिया आएको छैन् ।

ट्रम्पले राष्ट्रपति ओबामाको इमान्दारीताका विषयमा निकै प्रश्न उठाएपनि त्यसका विषयमा प्रतिक्रिया दिन ह्वाइट हासउले अस्वीकार गरेको संचारमाध्यमले उल्लेख गरेका छन्।

गत जुनमा ओरलेंडो फ्लोरिडा नाइट क्लबमा इस्लामिक स्टेटका एक शुटरले ४९ जनाको हत्यागरेपछि ट्रम्पले ओबामालाई आइएसको संस्थापक भएको आरोप लगाउदै आएका छन् ।

ट्रम्पले ओबामालाई मुसलमान भएको र उनको जन्म केन्यामा भएको र   ओबामाको पूरा नाम बाराक हसेन ओबामा भएको दाबीसमेत गरेका छन्।  जवकी ओबामा एक इसाइ हुन र उनको जन्म हवाईमा भएको थियो।


यो भिडियोमा हेर्नुहोस् ट्रम्पले दिएको अभिव्यक्ति 



याे पनि हेर्नुहाेस् :- अमेरिकी राष्ट्रपति उम्मेद्वार हिलारीबिरुद्ध मानहानीको मुद्दा दायर