ओमानमा अलपत्र आठ नेपालीको उद्धार

हवाई भाडा फिर्ता

ओमानमा अलपत्र परेका आठ नेपाली कामदारको उद्धार गरी नेपाल फर्काइएको छ ।  मस्कट (ओमान) स्थित नेपाली राजदूतावासले ती कामदारलाई उद्धार गरी नेपाल पठाएको हो ।  उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना छन् ।

ओमानको सोहारस्थित एक कम्पनीमा काम गर्न आएका कामदारले करार सम्झौताबमोजिमको सुविधा नपाएर अलपत्र अवस्थामा रहेको भन्ने उजुरीका आधारमा दूतावासको पहलमा नेपाली कामदारलाई सकुशल स्वदेश फिर्ता गरिएको दूतावासले जनाएको छ । उद्धार अवधिभर पीडित कामदारलाई ओमानस्थित प्रवासी नेपाली मञ्चले सहायता गरेको थियो ।