ओरालो लाग्दै जुट उद्योग

jut

नेपालकै पहिलो उद्योग थियो, विराटनगर जुट मिल । १९३६ सालमा स्थापित जुट मिल ०६५ देखि बन्द छ । नेपालमा उद्योगको सुरुवात नै जुटबाटै भएको हो । लगाताार ओरालो झरिरहेको जुट उद्योगलाई बचाउन भने सरकारी प्रयास पर्याप्त छैन ।

मोरङ सुनसरी औद्योगिक करिडोरमा रहेका ११ जुट उद्योगमध्ये हाल ६ वटा मात्र सञ्चालित छन् ।कच्चा पदार्थ र मजदुरको अभाव तथा सरकारी नीति र उदासिनताले जुट उद्योग एकपछि अर्को गर्दै थला परिरहेको उद्योगी व्यवसायीको भनाई छ ।

जुट प्याकेजिङ मेटरियल भएको, वैकल्पिक बाली चिया उखु बढ्नु र सरकारको उदासिनताले जुट उद्योग धरासायी हुदै गएको खबर छ ।

आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत्

आजको नागरिक दैनिक बाट