यही जेठ २३ र २४ गते भुटानमा हुन लागेको साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकमा सहभागी हुन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय टोली सोमबार त्यसतर्फ गएको छ ।
सन् २०१९ मेमा नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद सम्बन्धमा भुटानमा छलफल हुँदैछ । बैठकमा १३औँ दक्षिण एसियाली खेलका लागि फुटबल, भलिबल, करातेलगायत २३ खेललाई प्राथमिकता राख्ने प्रस्ताव तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलको विधानबारेमा छलफल हुनेछ ।
सो टोलीलाई अखिल नेपाल फुटबल सङ्घका महासचिव तथा नेपाल ओलम्पिक कमिटीका कावा अध्यक्ष धीरेन्द्र प्रधानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।