ओलम्पिक अवधिमा घरमै बसेर काम गराउने होण्डाको योजना

राजधानी टोकियोमा आउँदो वर्ष अर्थात् सन् २०२० मा आयोजना हुने ओलम्पिक अवधिभर यातायात अबरोध कम गर्ने उद्देश्यले जापानी कम्पनीहरुले यातायात अबरोध कम गर्ने योजना बनाइरहेका छन् ।

यसै क्रममा होण्डाले आफ्नो मुख्यालयमा कार्यरत कर्मचारीहरुलाई कि विदा लिन कि घरमै बसेर काम गर्न लगाउने योजना बनाइरहेको समाचार छ ।

एनएचकेका अनुसार ग्रिष्मकालीन ओलम्पिक अवधिमा राजधानी टोकियोमा भीडभाड कम गर्ने उद्देश्यका साथ यस्तो योजनाका लागि सरकारले पनि पहल गरिरहेको छ ।

योजना अनुसार जापानको प्रमुख मोटर कम्पनी होण्डाले आफ्नो मुख्य कार्यालयमा काम गने १२ सय कर्मचारीलाई सवैतनिक छुट्टी दिने वा घरमै बसेर काम गर्न अनुरोध गर्ने भएको छ ।

होण्डाले यसको परीषण यसै वर्षको २२ जुलाईदेखि दुई हप्ताका लागि गर्नेछ ।