ओलम्पिक खेलको अवधिमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

२०१८ र २०२२ को ओलम्पिक र प्यारालिम्पिक्सको अवसरमा पूर्व एशियाली संस्कृति अभिबृद्घि गर्न चीन , जापान र दक्षिण कोरियाका संस्कृति मन्त्रीहरुले सांस्कृतिक कार्यक्रहरु आयोजना गर्ने निर्णय गरेका छन् ।

क्योटोमा भएको बैठकमा आपसी समझदारी अभिबृद्घि गर्ने उदेश्य लिएर पूर्वी एशियाका १५ साँस्कृतिक शहरहरुमा विज्ञहरुको टोली खटाउने विषयमा पनि सहमति जनाएका छन् ।

२०१८ मा प्योङच्याङमा आयोजना हुने शीतकालिन ओलम्पिक , २०२० को गृष्मकालिन टोकियो ओलम्पिक र २०२२ मा बेइजिङमा हुने शीतकालिन ओलम्पिक संगको सहकार्यमा पूर्वी एशियाली संस्कृति प्रवर्धन गर्ने लक्ष्य मन्त्रीहरुले लिएका छन् ।

यस वर्षको साँस्कृतिक कार्यक्रमका लागि चीनको चाङशा , दक्षिण कोरियाको डाइगु र जापानको कानाजावा शहर चयन गरिएका छन् ।

ओलम्पिकमा तारा खसेको दृश्य देखाउने- गीत र नृत्य सार्वजनिक (भिडियोसहित)