ओलम्पिक छनोट : नेपाल म्यान्मारसँग ३-१ ले पराजित

 नेपाल म्यान्मारसँग ३-१ ले पराजित

ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको बुधबार भएको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली म्यान्मारसँग पराजित भएको छ । नेपाल घरेलु टोली म्यान्मारसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

यसअघि गत कात्तिकमा भएको ओलम्पिक छनोटको पहिलो चरणको खेलमा नेपालले म्यान्मालाई १-१ को बराबरीमा रोकेको थियो । नेपालले आफ्नो दोस्रो खेलमा चिरपरिचित भारतसँग चैत २३ गते खेल्नेछ । प्रतियोगिताको अन्तिम खेलमा नेपालले इण्डोनेसियासँग चैत २६ गते खेल्नेछ ।

म्यान्मारमा गत कात्तिक अन्तिम साता भएको पहिलो चरणमा नेपालले आयोजक म्यान्मा, बङ्गलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणको यात्रा तय गरेको थियो ।

ओलम्पिक छनोटको दोस्रो चरण : नेपाल र म्यान्मार भिड्दै