ओलम्पिक झन्डा जापान आइपुग्यो

ओलम्पिक झन्डा

सन् २०२० मा टोकियोमा हुने ग्रिष्मकालिन ओलम्पिकको लागि जापानमा ओलम्पिक झन्डा आईपुगेको छ । टोकियो गर्भनर युरिको कोइकेले झन्डालाई बुधबार टोकियो हानिमब एयरपोर्टमा फहराएकी छन् ।

कोइकेले गत आइतबार ब्राजिलमा भएको रियो ओलम्पिक समापन समारोहमा अन्तराष्ट्रिय ओलिम्पिक कमिटिका अध्यक्ष थोमस बाचबाट झन्डा ग्रहण गरेकी थिईन् ।

जापान अहिले सन् २०२० ओलम्पिकको लागि तयारीमा जुटेको छ । मुख्य रंगशालका निर्माण कार्यहरु यस बर्षको अन्त्य सम्ममा पूरा हुनेछ । यस अघि सन् १९६४ मा पनि जापानले ओलम्पिक खेलको आयोजना गरेको थियो ।

कोइके  टोकियो  गर्भनरको रुपमा निर्वचित भएसंगै उनी माथि टोकियो ओलम्पिकको थप जिम्मेवारी थपिएको छ ।


यो पनि हेर्नुहोस्:-रियो ओलम्पिक सम्पन्न, जापानलाई ओलम्पिक झन्डा हस्तान्तरण