ओलम्पिक विवादको असर ओलम्पिक संग्राहलयमा

राष्ट्रिय र अन्तराष्ट्रिय ओलम्पिक कमिटिको विवादको सिधा असर ओलम्पिक संग्राहलयलाई परेको छ । भवन तालावन्दी भएको एकवर्ष भएपछि संग्रहालयलाई लाखौंको क्षति भएको ओलम्पिक संग्राहलयले जनाएको छ ।

नेपाल ओलम्पिक कमिटीका संस्थापक अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बिहिबार एक विज्ञप्ति जारी गर्दै विगत २४ वर्षदेखि नेपालको ऐतिहासिक वस्तुहरुको संकलन, संरक्षण र प्रवद्र्धनका साथै ओलम्पिक अभियानलाई टेवा दिदैं आएको दक्षिण एशियाकै एकमात्र ओलम्पिक संग्रहालय नेपाल ओलम्पिक संग्रहालय एनओसी तालाबन्दी भएदेखि कैदी जस्तै बन्नेको भन्दै संग्रालयले आपति जनाएको हो ।

संग्रहालयलाई खेलकुद मन्त्रालयबाट वार्षिक रुपमा ३ लाख अनुदान प्राप्त हुने गरेको भए पनि एनओसी तालाबन्दीले आ.व. २०७२/७३ मा मन्त्रालयबाट पाउदैं आएको अनुदानको अन्तिम किस्ता १ लाख ५० हजार दिन नमानेका कारण थप संकट सिर्जना भएको उसले जनाएको छ ।

सरकारले तालावन्दी गरेको भवनमा खर्च किन गुर्न पर्ने भन्ने आशयको स्पष्टीकरणको तयारी गरेपछि संग्राहलयको भविष्य नै अन्योलमा परेको भन्दै संग्रहालयलाई निर्वाध रुपमा सञ्चालन गर्नका लागि सम्बन्धित पक्षलाई पटक-पटक अवगत गराउँदा पनि सचेत नभएको उनीहरुको आरोप छ ।

मन्त्रालयबाट प्राप्त हुन नसकेको रकमको क्षतिपूर्ति एनओसी (राष्ट्रिय) बाट उपलव्ध गराउन तथा संग्रहालयका कर्मचारीहरुको पारिश्रमिक रकम समयमै उपलव्ध गराउन र अन्य कार्ययोजनाहरु यथाशिघ्र कार्यान्वयनका लागि एनओसी (अन्तर्रा्ष्ट्रिय) लाई संग्राहलयले आग्रह समेत गरेको छ ।

खेलकुदमा राजनीतिको छाया : सदस्य मनोनयनको विषयले बैठक स्थगित