ओस्कारमा पनि ट्रम्पको बिरोध

अमेरिकाको लस एन्जलसमा ८९ औं एकेडेमी पुरस्कारको घोषणापछि चर्चित हस्तीहरुले आफ्नो तरिकाले राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्धको निर्णयमा विरोध गरे । यहाँ निलो रङको रिबन अमेरिकन सिभिल लिबर्टिज यूनियन (एसीएलयू) का प्रतिक हो र यो ‘स्ट्यान्ड विद एसिएलयु’ नामको एक नयाँ अभियानको हिस्सा पनि हो ।

tramp

वेबसाइट ‘टेलिग्राफ डट को डट युके’ को रिपोर्ट अनुसार आयरल्याण्ड मूलका इथियोपिया स्टार रुथ नेगा सबैभन्दा पहिले ओस्करको रेड कार्पेटमा कदम राखिन् र उनले आफ्नो रातो भेलेन्टिनो पहिरनमाथि निलो रंगको रिबन लगाएकी थिइन् ।

त्यसपछि ‘हेमिल्टन’ का निर्देशक लिन– म्यानूयल मिरान्डा र उनकी आमा पनि निलो रंगको रिबन लगाएर कार्यक्रममा उपस्थित भइन् । नेगाले पनि ट्रम्पको विरोधमा यस्तै प्रकारको रिबन लगाएकी थिइन् । निर्देशक बेरी जेन्किन्सले पनि आफ्नो सुटमाथि त्यही निलो रङको रिबन लगाएका थिए । ब्यारीको फिल्म ‘मूनलाइट’ सर्वश्रेष्ठ फिल्मको सूचीमा संलग्न थियो ।

उनका साथै अन्य सेलिब्रिटीमा कार्ली क्लोस, क्यासी एफ्लेक र बेन्ज प्यासेकले पनि निलो रङको रिबन लगाएको देख्न सकिन्थ्यो । एसिएलयुले ट्रम्पले सात मुश्लिम बाहुल्य भएको देशमा अमेरिका प्रवेशमा रोक लगाएको विरोधमा कानूनी कारवाहीसमेत गरेको छ ।