ओस्कारमा सिल्भर कलरको गाउनमा सजिएकी प्रियंका

सोमबार लस एन्जल्समा सम्पन्न ८९ औँ ओस्कार अवार्डमा सिनेमा मुनलाईटले उत्कृष्ट सिनेमाको अवार्ड हात पारेको छ । तर प्रस्तोताले गल्तीले बेस्ट सिनेमाको अवार्ड दिने क्रममा ‘ला ला ल्याण्ड’ को नाम भनेका थिए ।

priyanka-chopra-at-oscars-2017-2

तर पछि गल्ती सुधार्दै ‘मुनलाईट’लाई उत्कृष्ट सिनेमाको अवार्ड दिईएको थियो । उत्कृष्ट अभिनेताको अवार्ड ‘म्यानचेस्टर बाय द सी’बाट अभिनेता केसी अफ्लेकले पाए भने सिनेमा ‘ला ला ल्याण्ड’बाट अभिनेत्री एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाईन् । त्यस्तै ‘ला ला ल्याण्ड’बाटै डेमियन शैलेजले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् ।

ओस्कार अवार्डमा अभिनेत्री प्रियंका चोपडाले पनि सहभागिता जनाएकी छिन् । अवार्ड सेरेमोनीमा प्रियंका सिल्भर कलरको गाउनमा निकै सुन्दर देखिएकी थिईन् । उनको यो गाउनलाई रोल्फ एंड रुसोले डिजाईन गरेका हुन् । ओस्कार अवार्डमा प्रियंकाको सहभागिता दोस्रो पटक हो ।

उनले गत वर्ष पनि ओस्कारमा सहभागिता जनाएकी थिईन् । गत वर्ष प्रियंकाले लगाएको ड्रेस र गहनाको निकै चर्चा भएको थियो । गत वर्षको ओस्कार अवार्डमा उनले सेतो रंगको गाउन लगाएकी थिईन् । उक्त गाउनलाई म्याच गराउँदै उनले लगभग ५५ करोडका गहना पनि लगाईन् । प्रियंकाले ५० क्यारेटको हिराको ईअर रिङ (झुम्का) लगाएकी थिईन् जसको मुल्य २२ करोड भारतीय रुपैयाँ पर्छ ।

यतिमात्रै नभएर उनले दुई ओटा डायमण्ड रिङ लगाएकी थिईन् । जसको मुल्य २३ करोड २ लाख भारतीय रुपैयाँ पर्छ । माझी औलामा लगाएको १० क्यारेट र ८ क्यारेटको डायमण्ड रिङको मुल्य ६ करोड र २ करोड पर्छ । यस हिसाबले प्रियंकाले लगाएका सबै गहनाको मूल्य ५५ करोड हुन आउँछ ।