ओस्कार अवार्डको लागि तीन नेपाली चलचित्र भिड्दै

ओस्कार अवार्डको लागि तीन नेपाली चलचित्रको नाम दर्ता

विश्वकै चर्चित ओस्कार अवार्डको लागि ‘कालो पोथी‘, ‘पशुपति प्रसाद‘ र ‘को आफ्नो’ले नाम दर्ता गराएका छन् ।

ओस्कार अर्वाड विश्वकै प्रतिष्ठित अवार्डको रुपमा चिनिन्छ । यो अवार्ड कार्यक्रम फेब्रुअरी २८ मा अमेरिकाको लस एन्जल्समा हुँदैछ । प्रतिनिधित्वका लागी नाम दर्ता गरिएका तीन चलचित्र मध्ये ‘पशुपति प्रसाद’लाई दर्शकले निकै रुचाएका थिए । चलचित्र राष्ट्रिय विभिन्न अवार्ड समेत जित्न सफल भएको थियो यस्तै ‘कालो पोथी’ले समेत बिभीन्न अन्तर्रा्ष्ट्रिय अवार्ड समेत जितिसकेको छ ।

ऋचाको फरक गेडअपको कारण निकै चर्चामा आएको ‘को आफ्नो’ले भने न दर्शकलाई खुशी पार्न सक्यो न निर्मातालाई नै । आउँदो सातामा तीन मध्ये एक चलचित्रलाई छनौट समीतीले अवार्डको लागि सिफारिस गर्नेछ ।

यो पनि हेर्नुस – ओस्कार अवार्डमा सहभागी हुन नेपाली फिल्मलाई आह्वान