ओस्कार पछि प्रियंकाले अर्को अन्र्तराष्ट्रिय अवार्ड दिने

गत बर्ष ओस्कार अवार्ड विजेतालाई अवार्ड दिएकी प्रियंका चोपडाले फेरि पनि अर्को अन्र्तराष्ट्रिय अवार्ड दिने अवसर पाएकी छिन् ।

priyankachopra-award

प्रियंकाले ७४ औँ बार्षिक ‘गोल्डेन ग्लोब अवार्ड’का विजेताहरुलाई अवार्ड दिने भएकी हुन् । ‘गोल्डेन ग्लोब अवार्ड’को आधिकारिक ट्विटर अकाउण्टमा टिमोथी आलिफेंट, जस्टिन थेराक्स र प्रियंका चोपडाले अवार्ड दिने जानकारी दिईएको छ ।

८ जनवरीमा हुने यस अवार्ड शो टेलिभिजन ‘द बेवर्ली शिल्स’बाट लाईभ हुनेछ । प्रियंकाले ओस्कार अवार्डमा लगाएको ड्रेसले निकै चर्चा बटुलेकी थिईन् । त्यस्तै उनले लगाएको हिराको औँठी र टपको मुल्यले पनि निकै चर्चा पाएको थियो ।