४ लडाकुको ओस्प्रे विमान किन ओर्लियो काठमाडौंमा ?

सैनिकहरुले समुन्द्र र हवाई लडाइमा अत्याधिक प्रयोग गर्ने भी २२ ओस्प्रे विमान पहिलोपटक काठमाडौं आइपुगेका छन् ।
v22_header
अघिल्लो शनिबार गएको महाभूकम्पले निम्त्याएको विनाशलीलामा उद्दारका लागि यस्ता चारवटा विमान आइतबार बेलुकी काठमाडौं आइपुेका हुन् ।

छोटो दुरीको रनवे स्टल र भर्टीकल अवतरण गर्ने क्षमताका यी जहाज उद्दारमा प्रयोग हुनेछन् । यिनीहरु हेलिकप्टरजस्तो सानो ठाउँमा अवतरण गर्न सक्ने र जहाज जस्तो छिटो उड्ने विशेषता भएका विमान हुन् ।
आजको कान्तिपुर दैनिकबाट