अचानक उडान भर्न लागेको विमानमा आगलागी

1477715754plane
उडान भर्नुअघि अमेरिकाको सिकागोमा रहेको ओ’हार अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको छ ।

विमानमा उडान भर्नुअघि धावन मार्गमा रहेका बेला आगो लागेको हो । अमेरिकी एयरलाइन्सको विमान ७६७ को दाहिने भागमा आगो लागेको बताइएको छ । विमानको दुई नम्बर इन्जिनमा आगो लागेको विमानस्थलमा अग्नि नियन्त्रण प्रमुख टिमोथी सामपीले बताए ।

मायामीका लागि उडान भर्न लागेको विमानमा आगलागी भएपछि धावनमार्ग सकिनु पूर्व नै रोकिएको थियो । एक सय ६१ जना यात्रु र चालक दलका ९ सदस्य गरी विमानमा एक सय ७० जना थिए । २० जना सामान्य घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

यो पनि हेर्नुहोस्-जेट एयरलाइन्सको विमानमा आगो लागेपछि अकस्मात अवतरण