ओेएनएफ जापानले गर्‍यो बाढी प्रभावितलाई सहयोग

प्रवासी नेपाली मञ्च, जापान (ओेएनएफ) कान्तो कमिटीले नेपालका बाढी प्रभावितहरुलाई आर्थिक सहयोग संकलन गरी पठाएको छ ।

मञ्चले संकलन गरेको एक लाख ५२ हजार छ सय ६७ येन नेकपा एमालेमार्फत तराई र पहाडी क्षेत्रका बाढी, डुबाना र पहिरोको चपेटामा परेकाहरुलाई राहत प्रदानन गर्न सहयोग गरेको हो ।

नेकपा एमालेले बाढी पहिरो पीडितहरुको राहतका लागि देश विदेशमा रहेका आफ्ना भातृ संगठनलाई आवहान गरेको थियो । सोही अनुसार ओएनएफ जापान कान्तोले सो रकम पठाएको हो ।

ओनएफ कान्तोका संयोजक सुजन पन्तले धेरै रकम संकलन गर्न नसके पानि जति सकिन्छ त्यती रकम रकम नेपाल पठाएको जानकारी दिए ।

यसैबीच प्रवासी नेपाली मञ्च कान्तो कमिटीका कोषाध्यक्ष श्रीकृष्ण अर्यालले राहत संकलन कोषमा सहभागी भएर सहयोग गर्नुहुने सबै दाताहरुलाई धन्यवाद दिएका छन् ।

तिवारीको हत्या प्रति प्रवासी नेपाली मञ्च जापानद्धारा भत्सना