औचित्य र आधार पुष्टि नगरेसम्म संविधान संशोधन हुन नसक्ने:नेपाल

mdv-npl

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता माधवकुमार नेपालले औचित्य र आधार पुष्टि नगरेसम्म संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा साँझ सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले कसैको रहरका लागि संविधान संशोधन गरिरहनु नपर्ने जिकिर गर्नुभयो ।

उहाँले संविधान संशोधनबारे सरकारले अहिलेसम्म कुनै जानकारी नदिएको र मुलुकको आवश्यकता र हित हुने स्थिति भएमात्र संविधान संशोधन गर्न सकिने र यसका लागि एमाले पार्टीलाई सन्तुष्ट पार्नुपर्ने स्पष्ट पार्नुभयो ।

मधेसवादी दललाई पनि सन्तुष्ट गर्ने काम सरकारको भएको धारणा व्यक्त गर्दै नेता नेपालले मधेसवादी दललाई सहमतिमा लिएर अघि बढ्नु उपर्युक्त हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले स्थानीय निकाय पुनःसंंरचना आयोगले गर्न लागेको पुनःसंरचनाको कार्य गलत भएकाले जिल्लाको अधिकार कटौती गर्ने कार्य तत्काल रोक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्र हित विपरीत सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाव